धरान : नेपाल प्रेस सङ्गठन जिल्ला समिति सुनसरी विस्तार भएको छ ।

सङ्गठनको जिल्ला भेलाले  भेलाले पत्रकारहरूको स्तरवृद्धिकालागी तालिम समेत सञ्चालन गर्ने भएको छ भने समिति विस्तार सँगै विभिन्न जिम्मेवारी समेत तोकेको छ ।

नेकपा ओली समूह निकट रहेका पत्रकारहरूको भेलाले जिल्ला कमिटी सुनसरीमा इटहरीबाट रेवती निरौला, सीमा बस्नेत र मित्र क्षेत्रीलाई मनोनीत गरेको छ भने धरानबाट वेदकुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ, सनम तामाङ र विकि श्रेष्ठलाई मनोनीत गरेको छ ।

यस अघि नै शेखर ढकाललाई संयोजक चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार सुभद्रा प्याकुरेललाई चयन गरेको थियो ।

यसै गरी सङ्गठनको जिल्ला भेलाले धरान, इटहरी र बराहक्षेत्र नगर कमिटीको समेत विस्तार गरेको छ । अहिले नगर कमिटीमा इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजक तोकेको छ ।

बराहक्षेत्र नगर कमिटीको संयोजकमा विमला घिमिरेलाई र सहसंयोजकमा प्रदीप चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै इन्चार्जमा विजय राई र सह-इन्चार्जमा कृष्ण भट्टराईलाई चयन गरेको छ ।

धरान नगर कमिटी  पनि विस्तार

प्रेस सङ्गठन नेपाल धरान नगर कमिटीलाई विस्तार गरेको छ ।  धरान नगर कमिटिको संयोजकमा केदार बस्नेत, सह-संयोजकमा बसन्त वान्तावालाई जिम्मेवारी दिइएको छ भने धरानको इन्चार्जमा दामोदर गुरागाई र सह–इन्चार्जमा रोशन दाहाल रहेका छन् ।

कमिटीलाई विस्तार गरेर १९ सदस्यीय बनाइएको छ । कमिटीको सदस्यहरुमा दीपक लिम्बू, मौसमी कार्की, कमान सिंह याम्फु, अनिता क्षेत्री बृद्धशिला मगर, निलेश विष्ट, अनीश बस्नेत, कमल विष्ट, लक्ष्मी कार्की, प्रवीण राई, स्नेहा श्रेष्ठ, उत्तम श्रेष्ठ र सन्देश तिम्सिना रहेका छन् ।