धरान : पूर्वी पहाडी जिल्ला ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा लागेको आगो नियन्त्रणोन्मुख भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले दिएको जानकारी अनुसार अहिले सम्म ५५ घर जलेको प्रारम्भिक तथ्याङ्क आएको छ ।

दोभान बजारमा सबै घर जोडिएर बनेका कारण थप आगलागी बढ्न नदिन एउटा घर जेसिभिले भत्काएको पनि राणाले बताए । अहिले पनि पुर्णरुपमा आगलागी नियन्त्रणमा आईनसकेको र पुर्णरुपमा नियन्त्रण गर्नका लागि स्थानीयवासी, प्रहरी र दमकलले आगो निभाइरहेका छन् ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गम क्षेत्र दोभान बजारमा बिहान ९ बजे पछि आगलागी सुरु भएको स्थानीयवासीले बताएका छन् ।