धरान : मोरङको सुनवर्षी नगरपालिका-४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीय बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे सुनवर्षी-१ कालाबन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको छ भने उनी सँगै गएका सोही स्थान बस्ने ९ बर्षीय मनिका यादव र ५५ बर्षीय झोलिया यादव समेत घाइते भई रङेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङेली मोरङले जनाएको छ ।