झापा : झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ वर्षीय अनुप तामाङ रहेका छन् ।

खत्रीलाई ३ ग्राम ब्राउनसुगर र तामाङलाई १ ग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।