धरान : धरानका व्यवसायी गोपाल श्रेष्ठ पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।

विराटनगरको होटल रत्नामा भएको १४ औ वार्षिक साधारण सभामा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनी धरानमा विगत २०६४ साल देखी अरुण पेट्रोलियम ट्रेनिङ पम सञ्चालन गर्दै आएका छन् ।

उनी सुनसरी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष पनि हुन् । पेट्रोलियम डिलर राष्ट्रिय एशोसियनको केन्द्रीय सदस्य तथा कोसी पेट्रोल डिलरका समेत सदस्य रहेका हुन् ।