झापा : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ वर्षीय दिलीप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज अपराह्न करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ क १६८४ नम्बरको ट्रकले सुरुमा प्रदेश १-००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने कारमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।

घाइते मध्ये कारमा सवार सुनसरीको धरान उपमहानगरपालिका-१६ का दीपक क्षेत्रीको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।

surunga-accident-2