धरान : नीराजन बस्ती कल्याण समाज, नीराजन युवा तथा खेलकुद उप समितिले फागुन १७ र १८ गते २ दिने खुल्ला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

धरान उपमहानगरपालिका १५ नं. वडा समितिको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम समितिका संयोजन रोमन लिम्बुको अध्यक्षता, १५ नं. वडा अध्यक्ष नरेश कुमार इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा १५ नं. वडाका वडा सदस्य ज्ञानेन्द्र बस्नेत, जानुका कार्की, निरमाया विश्वकर्मा, नीराजन बस्ती कल्याण समाजका सचिव लोकराज निरौला, नीराजन बाल विकास केन्द्रकी अध्यक्ष सावित्री इवारम महिला सञ्जाल धरान उपमहानगरपालि समितिकी सदस्य गङ्गामाया खड्का, समाजसेवी गणेश कुमार इवारम अतिथि रहेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नरेश कुमार इवारम, ज्ञानेन्द्र बस्नेतले अनुशासित र नियमित खेलकुदमा लाग्ने युवाहरूलाई वडा कार्यालयले सधैँ खेल क्षेत्रमा प्रोत्साहित गर्ने बताएका थिए ।

१८ वटा समूह सहभागी भएको प्रतियोगितामा बि.ए. एफ.एल.एफ.सी. धरान-१५ प्रथम र वान टु एट धरान-१५ दोस्रो भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सञ्जीवनी केन्द्रका मनिष मास्के लगायतले प्रथम र दोस्रो हुने समूहलाई नगद ४० हजार कप प्रमाण पत्र दोस्रो हुने समूहलाई नगद २० हजार कप र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा स्काई सप नेपाल, ब्रदर कलेक्सन, सुन्दर ग्रिल लगायतले सहयोग गरेका थिए र मायाको चिनो प्रदान गरिएको थियो । धरान-१५ का नीराजन बस्तीका दिवङ्गत भूपेन्द्र श्रेष्ठको स्मृतिमा परिवारजन हरू गङ्गा बहादुर श्रेष्ठ, सन्त कुमार श्रेष्ठले ट्रफी सौजन्य गरेका थिए ।

footsal-nirajan

प्रतियोगितामा उत्कृष्ट खेलाडी रिवोन मास्के, उत्कृष्ट किपर केशर लिम्बु, उत्कृष्ट खेलाडी भक्त लिम्बु लगायतलाई पुरस्कार एवम् प्रमाण पत्र प्रदान गरिएको आयोजक समितिका संयोजक रोमन लिम्बुले बताएका छन् ।