धरान : सरकारले नेत्रविक्रम चन्दको पार्टी नेकपामाथि लगाएको प्रतिबन्ध आजबाट हटाउने भएको छ ।

हिजोको बैठकमा आजैदेखि विप्लवको नेकपामाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको थियो । सरकार र विप्लव पक्षबिच हिजो दुई पटकसम्म भएको वार्तापछि सबै विषयमा टुङ्गो लगाउन आज पुनः वार्ता हुँदै छ ।

हिजोको वार्ता सकारात्मक भएको र आजदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको हो ।

हिजो भएको वार्तामा दुवै पक्ष समान धारणामा पुगेको प्रतिक्रिया सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका थिए ।