धरान : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ का २० वर्षीय अजित चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।

गए राति राती ९ बजे सोही स्थानमा प्रदेश १–०२–०४२प६३९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार अजित घाइते भएका थिए ।

घाइते अजितको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक सोही स्थान बस्ने ३१ वर्षीय देव कुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।