धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी संस्थान समायोजन गरेको घोषणा भएको एक दिन नबित्दै धरानमा दीर्घकालीन खानेपानी व्यवस्थापन सङ्घर्ष समिति र प्रहरीबिच झडप भएको छ ।

सङ्घर्ष समितिले आज धरान उपमहानगरपालिकामा खानेपानीको विषयमा विभिन्न मागहरू राख्दै आएको सङ्घर्ष समितिले मेयर, उपमेयरलाई ज्ञापन पत्र बुझाउन गएको थियो । सोही क्रममा प्रहरी र सङ्घर्ष समितिको बिचमा झडप भएको हो ।

तर,आज सङ्घर्ष समिति नगरपालिका घेराउ गर्न आउने पूर्व सूचना पाएर बिहानै देखि नगर प्रहरी नेपाल प्रहरी सुरक्षामा खटिएका थिए ।

मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी ज्ञापन पत्र बुझ्न गेट बाहिर नआएपछि कोणसभा सकेर सङ्घर्ष समितिको आह्वानमा भेला भएकाहरू उपमहानगरभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले उपमहानगरपालिकाको गेट बन्द गरेपछि झडप भएको थियो ।

तर,मेयर उपमेयर दुवै नभएको भन्दै सुरक्षामा खटिएका प्रहरीले उपमहानगरपालिकाको गेट बन्द गरेका थिए । उपमहानगरपालिका हाम्रो हो भन्दै गेट खोलेर प्रवेश गर्न खोज्दा दुई पक्षबिच झडप भएको हो ।

खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो मात्र भएको थियो ।

खानेपानी संस्थान बोर्डमा गाभिएको र आयोजनाको खर्चको हिसाब सार्वजनिक नगरेको लगायत ७ बुँदे माग राखेर सङ्घर्ष समिति आन्दोलनरत छ ।

सङ्घर्ष समितिका संयोजक हर्क साम्पाङले संस्थानलाई बोर्डमा मर्ज गर्न नहुने र यथावत् राख्नुपर्ने माग लिएर आन्दोलन चर्काउने बताएका छन् ।

Jhadap Jhadap-2 Jhadap-3