धरान : भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ का १८ वर्षीय सहचालक प्रदीप तामाङको ट्र्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

आज बिहान पौने ७ बजे सोही स्थानमा को २ त ३६६९ नम्बरको ट्र्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदीप तामाङ घाइते भएका थिए ।

घाइते प्रदीपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सञ्जीव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।