धरान : धरान उपमहानगरपालिकाको गएको फागुन १० गते स्थगित भएको आठौँ नगर सभा आज फेरि सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा हुदैछ ।

फागुन १० गतेको धरान उपमहानगरपालिकाको आठौँ नगर सभा हिउँदे अधिवेशनको उद्घाटन समारोह नेपाल खानेपानी संस्थानलाई धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन गर्नुपर्ने माग गर्दै केही वडा अध्यक्षहरूको नेतृत्वमा विरोध सँगै सुरु भएर आज पुनः हुने गरी स्थगित भएको थियो ।

उनीहरूले संस्थानलाई बोर्डमा समायोजन गरेर मात्रै आठौँ नगर सभा सञ्चालन गर्नुपर्ने माग राखेका थिए । सोही अनुसार केही दिन अघि संस्थान र बोर्ड समायोजन भइसकेको अवस्थामा आज हुने नगर सभामा नगरका केही ऐनहरू बनाइने, बजेट संशोधन र ऐनहरूको संशोधन लगायतका एजेन्डाहरूमा छलफल हुने धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।