काठमाडौँ : डिजाइनरहरूको प्रतिस्पर्धात्मक र्‍याम्प सो ‘ड्रेस टु इम्प्रेसन’को सिजन-३ आगामी १३ चैतमा हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी 'आईआईएफटी'-स्कुल अफ फेसनले आयोजना गर्ने 'ड्रेस टु इम्प्रेस' मा डिजाइनरहरू आफैँले तयार गरेको पहिरनमा र्‍याम्पमा प्रस्तुत हुनेछन् ।

प्रतिस्पर्धात्मक उक्त शोका सहभागी हुने डिजाइनरहरू आईआईएफटीकै विद्यार्थी हुन्। बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालै मात्र यस वर्षको ‘वेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो।

आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’ सुरु गरिएको हो । जहाँ आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्नेछन् । आईआईएफटीका अनुसार यस पटक ११५ जना डिजाइनरले भाग लिँदैछन्।

पुल्चोक स्थित याक प्यालेसमा आयोजना हुने ‘ ड्रेस टु इम्प्रेस’का लागि मोडल तथा कोरियोग्राफी बिपना थापाले प्रतिस्पर्धीहरूलाई प्रशिक्षण दिने भएकी छन् । उनले प्रतिस्पर्धी डिजाइनरहरूलाई र्‍याम्पमा उत्रिनु अघिको तयारीका लागि प्रशिक्षण दिनेछिन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिब्रेटी माझ आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’को प्रि-जर्जिङ राउन्ड ७ चैतमा हुने आईआईएफटीका निर्देशक शेर्पाले जानकारी दिए । यस डिजाइनिङ प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए