इटहरी : कोभिड-१९ बिरुद्धको खोप लगाउने अभियान देशैभर चलिरहेको छ । सर्वप्रथम अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीलाई लगाइएको खोप सार्वजनिक व्यक्तिको लागी खुल्ला गरिएको हो ।

सर्वसाधारणलाई खोप लगाउँदा विभिन्न भ्रम पर्न सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले पत्रकारहरूलाई अभिमुखीकरण तालीम दिएको छ । गलत समाचार सम्प्रेषण नहोस् र जनतामा भ्रम नपरोस् भन्ने उद्देश्यले कार्यालयले खोपको असर र प्रभावकारिताको बारेमा जानकारी गराएको हो ।

पछिल्लो अवस्थाको जानकारी दिँदै स्वास्थ्यकर्मी सृजना लिंथेपले राजनैतिक भेलाको कारण दोस्रो स्टेज आउन सक्ने बताइन् । बिना मास्क भिडभाडमा जाँदा जोखिम बढ्दै गएको उनको भनाई छ ।

हाल पिफाइजर र कोभिसिल्ड नामका दुई खोपलाई विश्व स्वास्थ्य सङ्गठनले स्वीकृति दिएको छ । जसमा १८ वर्ष भन्दा माथि उमेरका मानिसको लागी मात्र लगाउन मिल्ने व्यवस्था गरिएको छ । नेपालमा पहिलो चरणमा सार्वजनिक व्यक्तिलाई लगाउने अभियान चलिरहेको उनले जानकारी दिइन् । 

खोप लगाइसकेपछि सामान्य ज्वरो आउने, थकाइ लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता लक्षण देखीनसक्ने भएकोले त्यसो भए नआत्तिन समेत उनले सुझाव दिएकी छिन् ।

त्यसमापनि गम्भीर एलर्जी भएका, दिर्घरोगी, गर्भवती महिला र हालसालै कोभिड सङ्क्रमण भएका व्यक्तिलाई लगाउन निषेध गरिएको छ । कोभिड लागेर आइसियु मा पुगेकाको लागि ३ महिनापछि र सामान्य लक्षण देखिएकाको हकमा ४५ दिनपछि खोप लगाउन मिल्छ ।

सुनसरीमा  १ लाख ८ हजार ३५० जनालाई लगाउनुपर्ने भएको छ । जसको लागी ४२ हजार डोज खोप भर्खरै प्राप्त भएको र पुरानो ३ हजार डोज बाकी रहेकोले ४५ हजार जोड खोप लगाउने तयारी थालिएको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

खोपको पहिलो चरण यहीँ फाल्गुन २३ देखि २७ गते सम्म चल्ने उनको भनाई छ ।  

Covid--vicine-inaruwa