इटहरी : सुनसरीका अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता इटहरी उपमहानगरपालिकाले जीतेको छ । 

इटहरी उपमहानगर र दुहबी नगरपालिका बिच भएको फाइनल खेलमा ३-१ सेटको अन्तरले इटहरी उपमहानगर विजयी भएको हो ।

रामधुनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता थियो । विजेता इटहरी उपमहानगरको टिमले नगद २५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ । उपविजेता दुहबी नगरपालिकाको टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।