दार्चुला : दार्चुलामा जिप दुर्घटनामा परी चालक सहित २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-८ का ७० वर्षिय बृद्धा सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त लेकम गाउँपालिका-६ का जिप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।

दुर्घटनामा परी जिपमा सवार अन्य ५ जना घाइते भएको उनले जानकारी दिए । घाइते हुनेमा शैल्यशिखर नगरपालिका-८ का ७२ वर्षीय बुद्धिबल्लव पन्त, सोही ठाउँका १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय बसन्त पन्त र ७० वर्षिया गंगा पन्त रहेको सूचना अधिकारी चन्दले बताए ।

गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग ३ च १६९३ नम्बरको जिप लेकम गाउँपालिका-६ उचाकोट बन्स्याडीमा दुर्घटनामा परेको उनले जानकारी दिए । कच्ची सडक भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिप सडकबाट भण्डै एक सय मिटर तल खसेको बताइएको छ । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।