धरान : २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कप फुटबल प्रतियोगिताको आज सम्पन्न दोस्रो खेलमा वडा नं-८ ले ६-० गोलले विजयी भएको छ ।

धरान-१६ स्थित धरान रङ्गशालामा भएको खेलमा वडा नं ३ लाई ६ ० को गोल अन्तरले हराउँदै वडा नं-८ विजयी भएको हो ।

वडा नं-८ का प्रजिन राईले ह्याट्रिक गरे भने लक्ष्मी लिम्बू , सबिन मगर र सुरज राईले १-१ गोल गरे गरेर आफ्नो समूहलाई सुन्यको विरुद्ध ६ गोलले विजयी बनाउन सफल भएका थिए ।

खेलको म्यान अफ दि म्याच वडा ८ का प्रजिन राई घोषित भएका छन् । उनले नगद १५ सय पुरस्कार पाए । प्रतियोगितामा भोलि सोमबार वडा न. १३ र वडा नं ४ बिच खेल हुने आयोजकले जनाएको छ ।