बेलबारी : नागरिकहरूलाई लक्षित गरेर आइतबार देखी सुरु गरिएको कोरोना बिरुद्धको खोप बेलबारीका ज्येष्ठ नागरिकहरूले उत्साहित भएर लगाएका छन् ।

डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने आङ्कलन भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुँदै खोप लगाएका छन् ।

कार्यक्रम सुरु गर्नु अघि स्वास्थ्यकर्मी गाउँ गाउँमा गएर कोरोको खोपका विषयमा ज्येष्ठ नागरिकहरूलाई बुझाएका थिए । खोप लगाउन सुझाव दिँदै स्वास्थ्यकर्मीहरुले गाउँ गाउँमा परिचालित भएपछि उत्साह देखिएको हो ।

सबैलाई घर घरमै गएर खोप लगाउँदाका फाइदा र बेफाइदा  बारे जानकारी गराएको स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माले बताए ।

पहिला कुनै पनि खोप नलगाएकाले समेत उत्साहित भएर खोप लगाएका छन् । खोप लगाएकाहरू ज्येष्ठ नागरिकहरूलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । ढुक्क भएर खोप लगाउन स्थानीय कुलचन्द्र कार्कीले आग्रह गरेका छन् ।

सरकारले ल्याएको कार्यक्रम राम्रो भएको समेत उनीहरूले प्रतिक्रिया दिएका छन् । खोप लगाउनका लागि नागरिकता,मतदाता परिचयपत्र वा लाइसेन्स जस्ता परिचयपत्र बोकेर उनीहरू खोप केन्द्रमा पुगेका थिए ।

गर्भवती महिला, तुरुन्त गर्भवती हुने योजनामा रहेका महिलाहरू, सिकिस्त बिरामीहरूले खोप लगाउन नमिल्ने अन्य सबैले लगाउन मिल्ने डाक्टर उमेश शाहले बताए। स्वास्थ्यकर्मीहरुले ध्यान दिए सबै नागरिकले ढुक्कले खोप लगाउने डक्टर शाहको भनाई छ ।

२८ गते सम्म खोप केन्द्र तथा नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाइने नगरपालिका कार्यालयले जनाएको छ । खोप केन्द्र तथा स्वास्थ्य कार्यालयहरूमा गएर खोप लगाउन बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सबैलाई आग्रह गरेका छन् ।