धरान : धरान उपमहानगरका प्रमुख तिलक राईले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरूक गराउन यो दिवसले सहयोग पुर्‍याउनेछ भन्ने आफूले विश्वास लिएको भन्दै शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा नगर प्रमुख राईले देश तथा विदेशमा रहेका सम्पूर्ण धरानवासी महिला दिदिबहिनीहरुमा शुभकामना पनि व्यक्त गरेका छन् ।

नगर प्रमुख राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहर देखी गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको अवस्था छ ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठुलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठुलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरूक गराउन दिवसले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु सन्देशमा उल्लेख गरेका छन् ।’

महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन पनि नगर प्रमुख राईले सबैमा आग्रह पनि गरेका छन् ।

‘सबै महिलाहरूको समान अधिकार र पहुँच, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण संवेदनशील भइरहन प्रेरणा मिलोस् भन्ने कामना गर्दै सन्देशमा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक समानताका लागि समान सोच र व्यवहारका साथ अघि बढ्ने सङ्कल्प गर्दै सम्पूर्ण नगरवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ भनिएको छ ।

Nari-diwas-sandesh