धरान : मोरङ बेलबारी नगरपालिका -७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।

गए राति ९ बजे दुहबी –२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई इलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाइते भएका थिए ।

उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।