इटहरी : सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा खारेज गरेपछि इटहरीमा पुनः एमालेको पार्टी कार्यालय स्थापना भएको छ।

पुरानो नेकपा एमालेको पार्टी कार्यालय बाटै सुचारु हुँदै आएको नेकपाको कार्यालयलाई नै नयाँ कार्यालय बनाइएको हो।

अदालतले साबिक नेकपा एमाले कायम रहेको बताएपछि  इटहरीमा पार्टी कार्यालयमा नयाँ बोर्ड राखिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्र बिच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी खारेज भएपछि पुरानै पार्टी पुनर्जीवित भएको हो ।

एमाले पार्टी कायम भएपछि पूर्व एमाले कार्यकर्ताले इटहरी हिजो दीप प्रज्वलन गरेका छन् । पुरानै पार्टी कायम भएको खुसीयालीमा कार्यकर्ताले खुसी साटासाट गरेका हुन् ।