धरान : रोट्रयाक्ट क्लब अफ धरानले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा युएन कलेजकी अप्सरा  खत्री प्रथम  बनेकी छिन्।

वक्तृत्वकला प्रतियोगितामा ल्याबोरेटरी कलेजकी सुस्मिता कार्की द्वितिय भएकी छिन् भने  समिट कलेजका आशिष् विश्वकर्मा तृतीय बनेका छन्।

कक्षा ९ देखी कक्षा १२ सम्म २५ विद्यार्थीले वक्तृत्वकलामा सहभागी रहेका थिए । प्रमुख निर्णायकको भूमिकामा महेन्द्र बहुमुखीकी उप प्राध्यापक सिता अधिकारी थापा  रहेकी थिइन भने  निर्णायकको भूमिकामा  सेन्ट जोसेफका शिक्षक श्री विष्णु कुमार राई पब्लिक स्पिकिङका कोच हेमन राई र रहेका थिए।

क्लबकी अध्यक्ष रेश्मा शाक्यले वर्ल्ड रोट्रयाक्ट सप्ताहको अवसरमा आयोजना गरेको बताइन्। महिला सशक्तीकरण देश विकासको आधार शीर्षक वक्तृत्वकला प्रतियोगिता गरिएको थियो।

विजेताहरूलाई ट्रफी र प्रमाण पत्र  दिएको थियो ।