काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अन्ततः छुट्टिएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्यो ।

तर उक्त बैठकमा अधिकांशले पार्टी एकता गरेर जानुपर्ने छलफल गरे पनि अन्ततः बैठकले पूर्व एमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

उक्त निर्णयपछि प्रचण्ड र माधव नेपाल छुट्टिने भएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । तर औपचारिक निर्णय आउन भने बाँकी नै छ ।

बैठकको बिचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताएका छन् । उनले पार्टीभित्र सङ्घर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग समेत गरिने बताए ।