धरान : अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव २०७७ धरानमा आज देखि सुरु भएको छ ।

महोत्सवमा सहभागी हुनका लागि नेपालका विभिन्न जिल्लाहरू र भारतबाट नेपाली भाषी कवि तथा साहित्यकारहरूको सहभागिता रहेको छ ।

Antarastiya-sahiteya-3

आज र भोलि दुई दिन सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन पूर्व आज बिहान धरानको छाताचौकमा देश विदेशबाट धरान आइपुगेका कवि तथा साहित्यकारहरूलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई लगायतले स्वाग तथा सम्मान गर्दै सांस्कृतिक झाकी सहित कार्यक्रम स्थल सम्म र्‍यालीको आयोजना गरिएको थियो ।

धरान-१३ को बेङक्वेटमा भइरहेको सो कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञ प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले गरे । साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को आयोजनामा भइरहेको सो कार्यक्रममा नेपालको तर्फबाट डा. भीम खतिवडा र भारतबाट नरबहादुर दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Antarastiya-sahiteya-1

कार्यक्रममा आज र भोलि देश विदेशका कवि तथा साहित्यकारहरुले आ आफ्नो साहित्यिक सृर्जनाहरु प्रस्तुत गर्ने र बिचबिचमा नाटक र नृत्यहरू पनि प्रस्तुत गरिने आयोजकले बताएको छ ।

“भौतिक विकास मात्र मानव समुदायको विकासको मानक होइन, चेतनाको विकास महत्त्वपूर्ण हुन्छ । कला र चेतनालेनै मानव सभ्यतालाई उन्नत बनाउँछ ।” भन्ने मूल नाराका साथ सुरु भएको सो कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले समेत सम्बोधन गरेका थिए ।

5

यसै गरी सोही कार्यक्रममा लेखक तथा पत्रकार गोपाल देवानको दमनको राप पुस्तकको पनि विमोचन भएको छ । लकडाउन पछि धरानमा पहिलो पटक आयोजना भएको ठुलो अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागीहरूलाई धरान आसपासका पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमण समेत गराइनेछ ।

7 6 8 Antarastiya-sahiteya-4 Dr.-BHim-Khatiwada Antarastiya-sahiteya-2