धरान : धरान १५ को अस्थायी प्रहरी चौकीका प्रमुख असई सुमन दाहाल माथि हतियारधारी समूहद्वारा आक्रमण भएको छ ।

अहिले साँझ केही हतियारधारी समूहले प्रहरी चौकीमा खुकुरी, तरवार सहित पुगी आक्रमण गरेको बताएको छ । घाइते असईको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने उनको देब्रे हातको नारीमा गम्भीर चोट लागेको छ ।

घटनाको बारेमा प्रहरीले थप केही जानकारी दिएको छैन । अहिले प्रहरी चौकीमा मुचुल्का सँगै प्रहरीले अनुसन्धान गरिरहेको स्थानीयवासीले बताएका छन् । घटनाको पूर्ण विवरण प्राप्त भएको छैन ।