विराटनगर : प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पिपिई सेट ३ सय थान र सर्किजल मास्क १० हजार थान मन्त्री राईलाई हस्तान्तरण गरेको छ । मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिए ।

यसैबिच आईपास नेपालले पनि स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री राईलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारलाई आसपासले उपलब्ध गराएको स्वास्थ्य सामाग्री एवीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङकी प्रतिनिधि विष्णु पन्त शर्माले हस्तान्तरण गरिन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरूमा पिपिई सेट, सर्किजल मास्क, एन ९५ मास्क, स्यानिटाइजर रहेको छ । १ लाख १८ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शर्माले बताइन् ।