धरान : नेपालमा मोटरहेडको आधिकारीक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालीले सोहि कम्पनीको टेक्कन आर २५० नेपाली बजारमा सार्वजनीक गरेको छ ।

एसजी समूहको एक सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले यो बाइक नेपाली बाजारको लागि नौलो भएको प्रक्रिया दिएको छ। नेपाली बजारमा यो मोटरबाइक शुक्रबार सार्वजनीक गरिएको हो । यसको सुरुवाती मुल्य ४ लाख ५ हजार रहेको कम्पनीले जानकारी दिएको छ । तर यो आफर सिमित समयको लागि मात्रै रहने कम्पनीले बताएको छ।

यो मोटरबाइक नेपालमा आफरोड राडको लागि उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । सुरुवातमा कम्पनीले दुई आर्कषक रंग र ग्राफिक्समा बाइक सार्वजनीक गरको छ । २२३ सिसि भेरियन्टको यो बाइकको अधिकतम पावर १२ दशमलव ५ किलोवाट र टर्क १७ एनएम रहेको कम्पनीले जनाएको छ।

यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिस/फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ । जसका कारण नेपाली युवा राइडरमाझ यसले छिट्टै प्रभाव पार्न सक्ने विश्वास कम्पनीको रहेको छ।

यो कम्पनीले विगत ५ वर्षदेखि नेपाली बजारमा मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर सेग्मेन्ट उपलब्ध गराएर प्रयोगतकर्ताको मन जित्दै आएको छ। यी बाइक नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्सका कारण युवा राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीका महाप्रबन्धक उज्वल जोशीले बताए । मोटरहेड विश्वमै परिचित चिनियाँ ब्रान्डको अफरोड बाइक हो।

नेपाली बजारमा प्रभाव जमाउन सफल यो ब्रान्डको हाल देशभर बिक्री र बिक्री पछिको सेवा बिस्तार भैरहेको छ । देशका बिभिन्न १४ स्थानमा डिलर आउटलेट विस्तार गरेको कम्पनीले आगामी दिनमा बिक्री र बिक्री पछिको सेवालाई थप विस्तार गर्दै जाने योजना बनाएको छ।