इटहरी : कक्षा १२ उत्तीर्ण गरेपछि विदेश पढ्न जाने चलन बढेसँगै केआईइसी शैक्षिक परामर्श केन्द्रको रूपमा स्थापित भएको छ। विदेश पढ्न जाने विद्यार्थीको लागी भरपर्दो शैक्षिक परामर्श केन्द्र आवश्यक पर्ने भएपछि केआइइसीले इटहरीबाट सेवा सुरु गरेको हो।

काठमाडौँ इन्फोसिस एजुकेसन कन्सल्टेन्सी (केआइइसी) का सिइओ राजेन्द्र रिजालले मंगलबार इटहरी आएर संस्थाको बारेमा जानकारी गराएका छन्। १५ वर्षमा ५ हजार बढी विद्यार्थीलाई विदेश पठाउन सफल भएको स्मरण गराए। आफू यस व्यवसायमा १७ वर्षदेखि अनवरत लागेको सुनाउँदै उनले केआइइसी एक विश्वासिलो र भरपर्दो ब्रान्ड भएको दाबी गरे।

केआइइसीले प्रदेश १ को इटहरी, विराटनगर र बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको छ। शैक्षिक परामर्शदाताहरूको भिडमा केआइइसीले अध्ययनको करिअर काउन्सिलिङ देखी भर्नामा सहजीकरण गर्दै आएको उनले सुनाए। आर्थिक अभावमा विदेश जान नसकेका विद्यार्थीको लागी सहजीकरणको व्यवस्था मिलाएको रिजालको भनाई छ।

नेपालको एक प्रसिद्ध शैक्षिक परामर्शदाताको रूपमा संस्था स्थापित भएको इटहरी शाखाका प्रबन्ध निर्देशक उमेश भण्डारीले बताए । इटहरीको पश्चिम लाइनमा रहेको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमका क्रममा सन् २००६ सेप्टेम्बर १९ मा स्थापना भएको संस्थाले देशैभरी १० शाखाहरू सञ्चालनमा ल्याएको जानकारी दिए।

विद्यार्थी आफूले रोजेका बेलायत, अस्ट्रेलिया, न्यूजल्यान्ड जस्ता देशहरूलाई प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । भाषा कक्षा, परीक्षा तयारी, शैक्षिक गोष्ठी, कार्यशाला र विभिन्न प्रस्तुतिहरूमा समेत के आइइसी अब्बल साबित भएको उनको दाबी छ । त्यससँगै टोफेल, आइल्ट्स, स्याट, जिआरइ र जिम्याटका कक्षाहरू सञ्चालन हुने गरेको निर्देशक भण्डारी बताउँछन् ।

केआइइसीले अमेरिका, आयरल्यान्ड, जापान स्विजरल्यान्ड, फिनल्यान्ड, नर्वे, जर्मनी, पोल्यान्ड, डेनमार्क, साइप्रस, सिंगापुर र अन्य विदेशी शिक्षालयहरूमा विद्यार्थीहरूलाई पठाउने गरेको छ । केआइइसी आफैमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको व्यवशायिक इजाजतप्राप्त भएकोले हरेक वर्ष पाँच सय विद्यार्थी विदेश जाने गरेको कम्पनीको रेकर्ड छ।

इटहरीमा शाखा खुलेपछि वैदेशिक अध्ययन लागी आवश्यक डकुमेन्टेसन देखी अन्य ससाना प्राविधिक कामहरू गर्न काठमाडौँ धाउनै नपर्ने भण्डारीले बताए।