धरान :  नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को (क) मा १०१ मत र (ख) मा १५१ मत गणना भएको छ ।

क्षेत्र नं. १ को (क) मा १०१ मत गणना हुँदा सम्म क्षेत्र नं. १ को (क) तर्फ अनिल श्रेष्ठले ७५ मत प्राप्त गरेर अगाडी छन् भने उनका प्रतिद्वन्द्वी मदन ढकालले २४ मत प्राप्त गरेका छन् ।

यसै गरी उता क्षेत्र नं. १ को (ख) तर्फ १५१ मत गणना हुँदा मुरारी भट्टराईले ८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अजय राईले ६८ मत प्राप्त गरेका छन् ।