धरान : झापाको दमक नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक दमक नगरपालिका-६ का ५० वर्षीय पवन लिम्बु, दमक-१ का ३५ वर्षीय भक्तीश्वर देवान, दमक-२ का ४५ वर्षीय प्रमोद लिम्बु, दमक-९ का ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुनन्द- ८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्वे, इलाम चुलाचुली-१ का ४३ वर्षीय रूपचन्द्र राई र मोरङ पथरीशनिश्चरे- १ का ४७ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् ।

सोमबार बेलुकी साढे ४ बजे विशेष सूचनाको आधारमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद १ लाख ५७ हजार र तीन बुङ तास सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।