विराटनगर : नेपाली काङ्ग्रेस प्रदेश १ को मतगणना सुरु भएको छ ।

अघि दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । नेतृत्व छनोटका लागि शनिवार मतदान भएको थियो । प्रदेश १ अधिवेशनमा काङ्ग्रेसको संस्थापन इतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले प्यानल सहित उम्मेदवारी दिएका थिए ।

निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । आज बिहान ८ बजेबाट मतगणना गर्ने भनिए पनि ढिलो मात्रै सुरु भएको उनले बताए ।

शनिवार मतदान पनि ढिलो सुरु भएको थियो । बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि विवादका कारण साढे ६ घण्टा ढिलो दिउँसो २ः ३० बजेबाट मतदान भयो । मतदानमा एक हजार सात सय ५३ प्रतिनिधि सहभागी भएका थिए ।