इटहरी : नेपाली काँग्रेस प्रदेश १ मा सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापा विजयी भएका छन् । कोइराला पक्षका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापाले विजयी हासिल गरेका हुन ।

१७८४ मत मध्ये थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्री बाहेकका अन्य पदहरूमा पनि थापा पक्ष नै विजयी भएको छ ।

उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मत पाएर विजयी भने भने टङ्कप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् ।

महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र कोइराला पक्षका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।

सह-महामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । कोइराला पक्षले उम्मेदवार नबनाउने भएपछि गठबन्धन बाट उम्मेदवार भएका थिए। उर्लाबारी नगरपालिकाका मेयर समेत रहेका उनी प्रभावशाली नेताको रूपमा चिनिन्छन् । यसै गरी महिला सह-महामन्त्री पदमा संस्थापनकै प्रमीला गच्छदार ८३७ मतसहित विजयी भएकी छिन ।

सह-महामन्त्रीका अन्य उम्मेदवारहरू विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, वीर काजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाएका छन् ।

pradesh-ganana