विराटनगर :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८-८ र सुनसरीमा एक जनामा सङ्क्रमण देखिएको हो । झापाको भद्रपुरमा ३, बिर्तामोड, दमक, मेचीनगर, अर्जुनधारा र कमल गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ६, कानेपोखरी र रतुवामाईमा १-१ र सुनसरीको इटहरीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १० महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।