विराटनगर : प्रदेश १ मा २३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा सङ्क्रमण देखिएको हो ।
झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २-२, बिर्तामोड, गौरादह र दमकमा १-१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १-१, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।