धरान : २२ औँ संस्करणको गोधुली फुटबल रनिङ कप अन्तर्गत आइतबार भएको खेलमा वडा नं. ८ ले वडा नं. ४ लाई फराकिलो अन्तरले पराजित गरेको छ ।

८ नं. वडाले ४ नं. वडालाई ४-० गोल अन्तरले पराजित गर्‍यो । ८ नं. वडाको लागी रमेश मगर, सविन राना मगर, आमोस माझी र राजन थापा मगरले गोल गरे ।

खेलको म्यान अफ द म्याच ८ नं. वडाका आमोस माझी घोषित भए । उनलाई नगद १५ सय रुपैयाँ प्रदान गरिएको थियो । धरान-८ ले अब प्रि क्वाटर फाइनल खेलमा २८ गते वडा नं. ९ सँग प्रतिस्पर्धा गर्नेछ ।

भोलिको पहिलो खेल दिनको ठिक १ बजे धरान-१६ र धरान-१२ का बिच हुने र दोस्रो खेल धरानको वडा नं. १४ र १ का बिच धरान रङ्गशालामा ठिक ३ बजे हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा धरानका २० वटै वडाका टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु. ७५ हजार पुरस्कार जित्ने तथा शीर्ष आठ टिमले लिग गेम खेल्न पाउनेछन् ।