सुनसरी : एकता युवा क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज मंगलबार भएको दोस्रो क्वाटर फाइनल खेलमा एकता युवा क्लबले विराट स्पोर्टस एकेडेमी विराटनगर माथि २–१ गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

एकता क्लबको जितमा सञ्जय धिमाल र रोमन भुजेलले एक-एक गोल गरे। धिमालले पहिलो हाफको ८ औ मिनेटमा र भुजेलले ३५ औँ मिनेटमा गोल गरेका हुन । विराट स्पोर्टस एकेडेमीको तर्फबाट नवीन चौधरीले दोस्रो हाफको ३७ औँ मिनेटमा १ गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच एकता युवा क्लबका सञ्जय धिमाल घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए।

भोलि बुधवारको तेस्रो क्वाटर फाइनल खेल पूर्वाञ्चल युनाइटेड फुटबल क्लब सुन्दरहरैचा र दुहबी स्पोर्टस एकेडेमी बिच हुने आयोजकले जनाएको छ। माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले नगद १ लाख र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए।