विराटनगर ; प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं. १ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन् ।

आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम सांसदले टुङ्गो लगाउने विषय भएको बताए ।
आफूहरू सरकारमा आएपछि संसद्को एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री राईले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए ।

मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुङ्गो लगाउनेतर्फ अघि बढिने जनाए । सांसदले टुङ्गो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईले थप स्पष्ट पारेका छन् ।