धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार आज बिहान ११ः३५ मा सिराहा १ का ८० वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

यसै गरी आज बिहान ११ः४५ बजे लहान १९ सिराहाका ६२ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरू दुवै जना दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ ।

यसै गरी श्रीपुर ३ महोत्तरीका ३० वर्षीय पुरुषको गए राति १०ः४७ बजे उपचारको क्रममा मृत्यु भएको सह प्रवक्ता डा. पोखरेलले जनाएका छन् । उनी पनि दिर्घरोगी रहेको बताइएको छ ।