धरान : मोरङको रतुवामाई नगरपालिका–९ मा पानी तान्ने ट्युबवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका-७ का २५ वर्षीय मदन श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युबवेल चलाउँदा करेन्ट लागि घाइते भएका थिए ।

उनलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ ।