इनरुवा : सुनसरी भोक्राहा-नरसिंह ३ नम्बर वडाको नेकपा एकीकृत समाजवादीका अध्यक्षमा धिरेन्द्र यादव चयन भएका छन्।

शनिवार सम्पन्न मधेसी, मुस्लिम, आदिवासी जनजाति, महिला, दलित, ज्येष्ठ नागरिक, युवा विद्यार्थी लगायतको वडा भेलाले धिरेन्द्र कुमार यादवको अध्यक्षतामा ७५ सदस्य वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विष्णुदेव खत्वे, रमानन्द मण्डल सचिवमा मोहनकुमार खत्वे, उपसचिवमा गीतादेवी खत्वे र शिवकुमार खत्वे सहित ७५ जनाको कार्यसमिति चयन भएको हो ।

यसै गरी सोही भेलाले गीतादेवी खत्वेको अध्यक्षतामा अनेमसंघ समाजवादीको ५१ सदस्य भोक्राहा-नरसिंह गाउँ कमिटी गठन गरेको छ । वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुनसरी सह-इन्चार्ज केशव तिम्सिनाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

वडा भेलामा वक्ताहरूले सुनसरीमा नेकपा एसमा जनलहर देखिएको दाबी गर्दै आउने स्थानीय तह, प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा यस क्षेत्रबाट कलम चिन्ह लिएका उम्मेदवारलाई अनुमोदित गर्ने गरी नेकपा एसको सङ्गठन निर्माण, परिचालन र जनताका घर घरमा नेकपा एसलाई स्थापित गराउन सबै तह र तप्काको साथ सहयोग समर्थन बढ्दै जानुले नेकपा एस सशक्त दलका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए।

वडा भेलामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द निरौला, केन्द्रीय प्रतिनिधि परिषद् सदस्य डा. सिएन पाठक, प्रदेश सदस्यहरू किरण कार्की, तीर्थ अधिकारी, ब्रह्मदेव यादव, सुनसरी प्रचार विभाग प्रमुख राजेन्द्र पोखरेल, जिल्ला सदस्य कल्पना पोखरेल तिम्सिना, गाउँ कमिटी अध्यक्ष जावेद आलमलगायतले बोलेका थिए।