इटहरी : इटहरी उपमहानगरपालिकाले क्याम्पस पढ्ने दलित समुदायका विद्यार्थीलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २४ सयका दरले आइतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गरिन । उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्तर्गत आइतबार ३८ जनालाई रकम प्रदान गरिएको हो ।

अन्यलाई अर्को दिन प्रदान गरिने बताइएको छ । दलित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताइन ।

यो वर्ष ६१ जना विद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए । उपप्रमुख गौतमले उपमहानगरपालिकाले नि:शूल्क संचालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत विद्यार्थीहरूलाई आग्रह गरिन् ।