विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४५ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २७६, बेलबारीमा ३६, सुन्दरहरैचामा १४, बुढीगंगामा १०, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका ५-५, ग्रामथान र पथरीशनिश्चरेमा ४-४, कानेपोखरीमा ३, रतुवामाईमा २, धनपालथान, जहदा र रंगेलीमा १-१, सुनसरीको धरानमा १२१, इटहरीमा ७६, रामधुनीमा ९, इनरुवा र वराहक्षेत्रमा ७-७, दुहबी, हरिनगर र स्थानीय तह नखुलेका ४-४, गढीमा ३, भोक्राहानरसिंह, बर्जू र कोशी गाउँपालिकामा २-२, देवानगञ्जमा १, झापाको दमकमा ३७, बिर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा ६, गौरादह , हाल्दिबारी र स्थानीय तह नखुलेका ४-४, कचनकवल र बुद्धशान्तिमा २-२, गौरीगञ्ज र झापा गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौबिसे र महालक्ष्मीमा १-१, उदयपुरको त्रियुगामा ४, बेलका र उदयपुरगढीमा १-१, इलामको इलाम नगरपालिकामा २, सूर्योदय र चुलाचुलीमा १-१, खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङ, तेह्रथुमको म्याङ्लुङ, सङ्खुवासभाको मादी र भोजपुरको भोजपुर नगरपालिका १-१ र प्रदेश १ बाहिरका ४५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १०७ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४५४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।