धरान : बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उर्लाबारीकी ३६ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

प्रतिष्ठानका सह-प्रवक्ता डा।चूडामणि पोखरेले दिएको जानकारी अनुसार मृतक दीर्घ रोगी समेत थिइन्। उनले कोभिड विरुद्धको कुनै पनि खोप नलगाएको सह-प्रवक्ता पोखरेल जानकारी दिए ।

उपचारकालागी हिजो मात्र अस्पतालमा भर्ना भएकी उनको आज दिउँसो १ बजेर ३० मिनेटमा मृत्यु भएको हो। मृतक महिलाको शव नियमानुसार व्यवस्थापन गरिने प्रतिष्ठानले जानकारी दिएको छ।