इटहरी : जिल्ला प्रशासन सुनसरीमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द भएका छन्। कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि १४ गते शुक्रवार सम्मको लागि नियमित कार्य बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै राहदानी शाखा १६ गते आइतबार सम्मको लागि बन्द हुने जानकारी गराएको छ। सेवाग्राही प्रति क्षमा माग्दै जिप्रका सुनसरीले नागरिकता तथा प्रतिलिपि शाखामा कम्प्युटरको सर्भर बिग्रिएको कारण केही दिनदेखि सेवा अवरुद्ध भएको जनाएको हो। सर्भरको मर्मत सम्भारको कार्य भइरहेकाले चाडै सेवा सुचारु हुने विश्वास व्यक्त गरिएको छ।

राहदानी तथा प्रशासन शाखाका कर्मचारीहरूको कोभिड एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको र ३० प्रतिशत भन्दा बढी कर्मचारी बिरामी भएको कारण सेवा बन्द गर्नुपरेको कार्यालयले जानकारी दिएको छ।

Sunsari-Notice-new