झापा : ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्याको अवसर पारेर मंगलबार झापाको मेचीनगरमा सरसफाइ तथा रक्तदान सम्पन्न भएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले मेची भन्सार एजेन्ट सङ्घको सहयोगमा भन्सार सरसफाइ तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा प्रमुख भन्सार अधिकृत केशवराज ओलीले एघारौँ पटक रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरे । सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर बिर्तामोडलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा भन्सार अधिकारी, नेपाल प्रहरी सहित सर्वसाधारणले रक्तदान गरेका थिए । हरेक वर्ष २६ जनवरीमा ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरेर मनाउने गरिएको छ ।

भोलि बुधवार ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईदैं छ । यस वर्षको नारा डेटा संस्कृति अँगालेर र डाटा इकोसिस्टम निर्माण गरेर भन्सार डिजिटल ट्रान्सफरमेसनको स्केलिङ रहेको छ ।