झापा : झापाको दमकस्थित सरकारी दमक अस्पतालको अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ ।

दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि आज (बुधवार) देखि शुक्रवारसम्म चार दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको हो ।

अस्पतालका एक दर्जनभन्दा बढी चिकित्सक सहित स्वास्थ्यकर्मी, कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथम विन्दु दमक अस्पताल मानिन्छ ।

यस अस्पतालमा दैनिक एक हजार बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बूले बताए ।

Damak-Hospital-Suchana