धरान : इलामको रोङ गाउँपालिका-४ मा आज बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

बिहान पौने ६ बजेको समयमा झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार रहेका मेचीनगर नगरपालिका-४ झापा ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्य बहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटी गई घाइते भएका पिकअप चालकलाई उपचारको लागी वि.एण्ड सी.अस्पताल झापा पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।