इटहरी : इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा आएको छ। कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा इटहरीमै पहिलो पटक धरान लाइन हलगडामा उद्घाटन भएको हो । इटहरीका बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा बिहीबार पुर्वमन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन्।

इटहरी पूर्वकै उदयमान सहर भएकाले विराटनगर, धरान र बिर्तामोडका सेवाग्राहीलाई लक्षित गरिएको कार्जस्पाका नेपाल प्रमुख तरुण अहुजाले जानकारी दिए । उद्घाटन अगाडी पत्रकारहरू सँग कुरा गर्दै उनले विराटनगर भन्दा इटहरी सम्भावना बोकेको व्यापारिक केन्द्र भएको बताए । कार्जस्पा कार वासमात्र नभएर कारको होलबढी उपचार भएको प्रष्ट पारे ।

'बाहिरका कारवास भनेको हामीले दैनिक गर्ने फेस वास जस्तै हो । कार्जस्पा भनेको होलबढी चेकअप गरी उपचार गर्ने विधि हो । त्यो भन्दा सहज तरिकाले बुझ्न कार्जस्पा कार तथा मोटरसाइकलको अस्पताल तथा पार्लर हो'  थप प्रष्ट पार्दै उनले भने ।

कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ । सवारी साधनलाई सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने इटहरीका सञ्चालक लिम्बुले बताए । चलाइरहेको गाडीको बाहिरी तथा भित्री आवरणमा उल्लेख्य सुधार हुने उनको भनाई छ । कोरिएको र स्थायी दाग लागेको हटाउने देखी गाडीलाई सुविधाजनक बनाइने उनले प्रष्ट पारे । लामो समय लन्डन बसेर नेपाल फर्किएका उनले २ वर्ष अगाडी बहत्तर क्याफे सञ्चालनमा ल्याएका हुन् । अहिले आफ्नो ठाउँमा केही काम गरौँ भनेर कार्जस्पा सञ्चालन गरिएको उनले बताए ।

नेपालमा अटोमोबाइलको व्यापार बढ्दै गएको कारण पूर्व नेपालको प्रमुख सहर इटहरीमा खोलिएको उनले बताए  । अहिले सफा र सुविधाजनक कार सञ्चालन गर्न चाहनेको सङ्ख्या बढ्दै गएकाले कार्जस्पाको माग बढेको लिम्बुको भनाई छ । कार्जस्पा भनेको कार वास गर्ने मात्र नभएर कार तथा बाइकको सम्पूर्ण उपचार भएको उनले प्रष्ट पारे । जसमा वास, भ्याकुमिङ र वाक्सीङ तथा अटो डिटेलीङ गरिने उनले बताए । 

१२ वर्ष अगाडी भारतको गुजरातमा खुलेको कार्जस्पाले यसैबर्ष नेपालमा थप ३ वटा शाखा खोल्ने तयारी थालेको छ । यसअघि काठमाण्डौमा खुलेको कार्जस्पा इटहरीमा दोस्रो शाखाको रूपमा सञ्चालनमा आएको हो। 

Carz spa 3