झापा : राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको पालिका मेचीनगर नगरपालिका भएको छ ।

मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि बिर्तामोड र दमकको जनसङ्ख्या बढी छ । बिर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ ।

सबैभन्दा सानो पालिका हाल्दिबारी हो। जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ। बुधवार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा-८४,४२९, बाह्रदशी -३७,९१६, भद्रपुर-७०,८२३, बुद्धशान्ति-५२,९११, गौरादह-६०,५९८, गौरीगञ्ज-३६,०५८, हाल्दिबारी-३३,०५४, झापा-३९,३७२, कचनाकबल-३९,३७२, कमल ५३,७१०, कनकाई -५३,०८८ र शिवसताक्षी-७३,४६० रहेको छ ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ ।