विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना सङ्क्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, सङ्खुवासभा र भोजपुरमा २-२, ताप्लेजुङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा १३८, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ६, कटहरी र उर्लाबारीमा ५-५, बुढीगंगा र स्थानीय तह नखुलेका ४-४, बेलबारी, कानेपोखरी, रतुवामाई, जहदा र रंगेलीमा २-२, ग्रामथान, मिक्लाजुङ, लेटाङ र केराबारीमा १-१, सुनसरीको धरानमा ६२, इटहरीमा ५१, बर्जू, वराहक्षेत्र, रामधुनी र गढीमा ४-४, देवानगञ्ज र हरिनगरमा २-२, भोक्राहानरसिंह, इनरुवा र कोशी गाउँपालिकामा १-१, झापाको बिर्तामोडमा १७, भद्रपुरमा १२, अर्जुनधारा र दमकमा ९-९, मेचीनगर र कनकाईमा ७-७, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, हाल्दिबारी, शिवसताक्षी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, चुलाचुली र सूर्योदयमा १-१, सङ्खुवासभाको धर्मदेवी र खाँदबारीमा १-१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङ र उदयपुरको त्रियुगामा १-१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३६४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।